उम्मेदवार
नेकपा एमाले जिल्ला कमिटी धादिङका कार्यबहाक अध्यक्ष तथा ३ नम्बर प्रदेश कमिटीका सदस्य भूमी त्रिपाठी २०२४ साल असार २३ गते बेनिघाट रोराङ गाउँपालिका – ३ मलेखुको रिचोकटारमा जन्मिनुभएको हो । आदर्श मावि गजुरीबाट एसएलसी पास गरेका त्रिपाठीले नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । २०३६ मा आदर्श मावि गजुरीमा अखिलको प्रारम्भिक कमिटी सदस्य भएर राजनीति सुरु गरेका त्रिपाठी त्यही बेलादेखि विद्यार्थी आन्दोलनमा सहभागी हुनुहुन्थ्यो । २०४९ सालमा नेपाल ल क्याम्पसमा स्ववियु सचिवमा निर्वाचित त्रिपाठी अहिले नेकपा एमाले जिल्ला कमिटी धादिङको कार्यवहाक अध्यक्ष तथा प्रदेश नम्बर ३ को प्रदेश कमिटी सदस्य हुनुहुन्छ । उहाँ अहिले बेनिघाट रोराङ गाउँपालिका – ३ मलेखुको रिचोकटारमै बस्नुहुन्छ ।
थप उम्मेद्‌वारहरू