उम्मेदवार
दिलमान पाख्रिन नेपाली कांग्रेस
नेपाली काँग्रेसका तर्फबाट धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार दिलमान पाख्रिन भुतपूर्व बेलायती सेना हुनुहुन्छ । राजनीतिक रुपमा उहाँको पारिवारिक पृष्ठभूमी नै कांग्रेस हो । २०१८ साल भदौ १५ गते खनियाबास गाउँपालिका – ५, धादिङमा जन्मिएका पाख्रिनले त्रिभुवन त्रिशुली हाई स्कूल नुवाकोटबाट एसएलसी पास गर्नुभयो । सन् १९७८ मा उहाँ बेलायती सेनामा भर्ना हुनुभएको थियो । बुवा कांग्रेस भएकोले २०२७/०२८ सालतिरै गाउँमा उहाँलाई कांग्रेसको छोरो भनेर बोलाउँथे । बेलायती सेनाबाट १५ वर्षमा अवकाश पाएर फर्किएपछि उहाँको सक्रिय राजनीति सुरु भयो । उहाँले २०४६ को जनआन्दोलनमा पार्टीलाई चन्दा दिएर अप्रत्यक्ष रुपमा सहयोग गर्नुभएको थियो । २०५१ सालमा बुबा दामन पाख्रिनले धादिङ १ बाट चुनाव जितेपछि दिलमानको पनि राजनीतिक सक्रियता बढ्यो । हाल नेपाली कांग्रेसको महासमितिमा रहेका पाख्रिन २०७० सालको दोस्रो संविधानसभामा समानुपातिकको तर्फबाट निर्वाचित हुनुभयो । उहाँ अहिले कानून राज्यमन्त्री हुनुहुन्छ । उहाँ राजनीतिसँगै अन्य संघसंस्थामा आबद्ध हुनुहुन्छ । अहिले उहाँ नेपाल तामाङ संघको वरिष्ठ उपाध्यक्ष, नेपाल भुपु सैनिक संघको केन्द्रीय सदस्य, नेपाल जनजाति संघको केन्द्रीय सदस्य र नेपाल तामाङ घेदुङको वरिष्ठ सल्लाहकार हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू