उम्मेदवार
२०१६ भदौ १३ गते धादिङको ज्वालामुखी गाउँपालिका – ७ मा जन्मिएका खेमप्रसाद लोहनी एमालेको केन्द्रीय सदस्य तथा धादिङ र नुवाकोटको इन्चार्ज पनि हुनुहुन्छ । अहिले ज्वालामुखी गाउँपालिका – ७ मै बस्ने लोहनीले २०४५ मा नेकपा एमालेको सदस्यता पाउनुभएको हो । २०४३ सालको चुनावमा जनपक्षीयको तर्फबाट उपसभापति उम्मेदवार बनेका लोहनी २०५४ देखि ०५९ सालसम्म जिल्ला विकास समितीको सभापति हुनुभयो । उहाँले स्नातकोत्तरसम्मको पढाई पूरा गर्नुभएको छ । एसएलसीसम्मको पढाई नीलकण्ठ माविमा गर्नुभएको हो । महेन्द्ररत्न क्याम्पस, ताहाचलबाट एमएड गरेका लोहनीले पिपुल्स क्याम्पसबाट एमए पनि गर्नुभएको छ । उहाँ पहिलोपटक संसदीय चुनावमा उम्मेदवार बन्नुभएको हो ।
थप उम्मेद्‌वारहरू