उम्मेदवार
प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका डाक्टर रामशरण महतले अर्थशास्त्रमा विद्यावारिधी (पिएचडी) गर्नुभएको छ । उहाँको जन्म २००७ साल पुष १७ गते नुवाकोटको कविलास ८ मा भएको हो । उहाँले २०३० सालदेखि राजनीति सुरु गर्नुभएको हो । उहाँ बिसं २०६४ र २०७० को दुवै संविधानसभा चुनावमा विजयी हुनुभएको थियो । २०४७ मा प्रजातन्त्रको पुनस्र्थापनापछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बनेका महत अर्थमन्त्री र पराराष्ट्र मन्त्री पनि भैसक्नुभएको छ । राजनीति गर्ने क्रममा महतले ३ वर्ष जेल जीवन बिताउनु भएको छ ।
थप उम्मेद्‌वारहरू