उम्मेदवार
२०६८ सालमा युवा तथा खेलकुद मन्त्री बनेका हितबहादुर २०२० साल जेठ १५ गते तत्कालिन पञ्चकन्या गाविस वडा नम्वर १ नुवाकोटमा जन्मनुभएको हो । नेकपा एकता केन्द्रबाट राजनीति सुरु गरेका तामाङ २०५२ सालपछि नेकपा एकता केन्द्र मसालमा रहनुभयो । मसालमा रहँदा जिल्ला उपाध्यक्ष र केन्द्रीय सदस्य हुनुहुन्थ्यो । २०५२ सालदेखि तत्कालीन नेकपा माओवादीमा आवद्ध भएर भूमिगत हुनुभएका हितबहादुर तामाङ २०५८ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य हुनुभयो । तामाङ २०६४ सालको पहिलो संविधानसभा चुनावमा नुवाकोट क्षेत्र नम्बर २ बाट पराजित हुनुभएको थियो । तामाङले कक्षा १० सम्म पढ्नुभएको छ । उहाँ हाल एकीकृत नेकपा माओवादीको केन्द्रीय सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू