उम्मेदवार
अर्जुन नरसिंह के.सी. नेपाली कांग्रेस
कानुन संकायबाट स्नातकोत्तर गरेका अर्जुननरसिंह केसी तीन पटक मन्त्री बन्नुभएको छ । उहाँ २००४ साल असोजमा नुवकोटको राउतबेसी –४ मा जन्मिनुभएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य केसी २०५२ सालमा १८ महिना स्वास्थ्य मन्त्री, ०५६ सालमा शिक्षा तथा आवास मन्त्री र २०७३ सालमा शहरी विकास मन्त्री हुनुभयो । २०५७ देखि ०६२ सालसम्म नेपाली कांग्रेसको प्रवक्ता भएका केसी २०६४ देखि ०६८ सम्म नेपाली कांग्रेसको सह–महामन्त्री हुनुभयो । १३ औं महामन्त्रीमा पराजित भएपछि उहाँलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो । २०६४ सालको संविधानसभा चुनावमा नुवाकोट जिल्ला क्षेत्र नम्बर १ बाट पराजित भएका २०७० को दोस्रो संविधानसभा चुनावमा भने त्यही क्षेत्रबाट विजयी हुनुभयो ।
थप उम्मेद्‌वारहरू