उम्मेदवार
दोस्रो संविधानसभा चुनावमा नुवाकोट क्षेत्र नम्बर ३ बाट पराजित नारायणप्रसाद खतिवडा अहिले दुई क्षेत्र रहेको नुवाकोटको २ नम्बर क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ । २०१४ साल जेठ २८ गते नुवाकोटको तारुकामा जन्मिएका खतिवडा अहिले नेकपा एमाले नुवाकोटको अध्यक्ष हुनुहुन्छ । २०३३ सालमा भारतमा मोदनाथ प्रश्रितले चलाएको नेपाली प्रगतिशिल अध्ययन मण्डलबाट उहाँले राजनीतिक यात्रा सुरु गर्नुभएको हो । खतिवडा नुवाकोटमा तत्कालीन नेकपा मालेका संस्थापक तीन नेतामध्येका एक हुनुहुन्छ । विभिन्न विद्यालयको व्यवस्थापन समिति तथा सामाजिक संस्थामा काम गरिसक्नुभएका खतिवडा २०५४ सालमा जिविस उपसभापतिमा निर्वाचित हुनुभएको थियो । यस्तै २०५९ सालमा एक वर्ष जिविसको कार्यवाहक सभापति भएर पनि उहाँले काम गर्नुभयो । लामो समय शिक्षण पेशामा आवद्ध खतिवडा शिक्षक आन्दोलन र २०६२÷०६३ को जनाआन्दोलनमा पनि जेल पर्नुभएको थियो ।
थप उम्मेद्‌वारहरू