उम्मेदवार
वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अग्निप्रसाद सापकोटा २०१४ साल फागुन २४ गते सिन्धुपाल्चोकको कुभिण्डे ७ मा जन्मिनुभएको हो । राजनीतिमा प्रवेश गर्नुअघि उहाँ शिक्षण पेसामा आवद्ध हुनुहुन्थ्यो । समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका सापकोटाले १६ वर्ष शिक्षण गर्नुभयो । सिन्धुपाल्चोकको जनजागृति माविमा प्रधानाध्यापक रहेका बेला जागिर छोडेर सापकोटा राजनीतिमा प्रवेश गर्नुभएको हो । २०३५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका सापकोटा २०४८ सालपछि पूर्णकालिन सदस्य बन्नुभयो । २०४८ सालमा संयुक्त जनमोर्चा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए पनि त्यतिबेला उहाँ पराजित हुनुभयो । दोस्रो संविधानसभा चुनावमा सिन्धुपाल्चोक २ बाट निर्वाचित सापकोटा माओवादी केन्द्रका केन्द्रीय सदस्य पनि हुनुहुन्छ । सापकोटा नेकपा एमालेका सुवास कर्माचार्यलाई २० हजार १ सय १२ मत अन्तरले पछि पार्दै विजयी हुनुभएको थियो । २०३० सालमा विद्यार्थी संगठनबाट राजनीतिक थालेका सापकोटा २०५१ सालमा पार्टीको केन्द्रीय सदस्य बन्नुभएको हो । माओवादी सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोलीका सदस्य सापकोटाले १५ वर्षसम्म शिक्षण गर्नुभएको थियो । ४२ वर्षदेखि राजनीतिमा सक्रिय सापकोटा सूचना तथा सञ्चार मन्त्री पनि बन्नुभयो । सापकोटा एकीकृत नेकपा माओवादीको प्रवक्ता पनि हुनुभयो ।
थप उम्मेद्‌वारहरू