उम्मेदवार
२०६४ सालको पहिलो संविधानसभामा पराजित र ०७० सालको दोस्रो संविधानसभा चुनावमा विजयी शेरबहादुर तामाङ नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ २०२५ साल चैत १ गते सिन्धुपाल्चोकको सिन्धुकोटमा जन्मिनुभएको हो । मानवशात्र, समाजशात्र र इतिहासमा स्नातकोत्तर गरेका तामाङले कानून विषयमा पनि स्नातकोत्तर पास गर्नुभएको छ । तामाङले २०३६ सालमा सरस्वती मावि ग्याल्थुममा तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाँचौको प्रारम्भिक कमिटीमा बसेर राजनीति शुरु गर्नुभएको हो । उहाँ ०४० सालमा अनेरास्ववियूको जिल्ला अध्यक्ष, २०४१ सालमा सेल कमिटी, २०४२ सालमा पाटीको सहयोग समूह, २०४७ सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य हुनुभयो । २०५१ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सचिव, २०५४ सालमा महासचिव, २०५९ सालमा उपाध्यक्ष भएर काम गरेका तामाङ २०५४ सालमा नेकपा एमाले जिल्ला सचिव बन्नुभयो । २०५९ सालमा नेकपा एमाले बागमती अञ्चल सदस्य बनेका तामाङ अहिले एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । २०६४ सालको संविधानसभा चुनावमा पराजित भएका तामाङ २०७० सालको चुनावमा भने विजयी हुनुभयो । तामाङले २०६३ सालमा गुम्वा विकास समिति सदस्य सचिव भएर पनि काम गर्नुभएको थियो ।
थप उम्मेद्‌वारहरू