उम्मेदवार
पशुपति शमशेर जवरा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रजातान्त्रिकका अध्यक्ष हुनुहुन्छ । राप्रपाका अध्यक्ष रहेका राणाले कमल थापा नेतृत्वको राप्रपासँग पार्टी एकीकरण गर्नुभयो । एकीकरण गरेको दुई महिना पनि नपुग्दै फेरि राप्रपाबाट फुटेर राप्रपा प्रजातान्त्रिक गठन गर्नुभएको हो । २०३० सालदेखि राजनीति थालेका राणा हालसम्म पनि नेपाली राजनीतिमा प्रभावशाली भूमिकामा हुनुहुन्छ । २०३० सालमा राष्ट्रिय पञ्चायत सदस्य बनेका राणा २०३३ सालमा पहिलो पटक मन्त्री हुनुभयो । शुरुमा शिक्षा मन्त्री बनेका राणा बहुदल र पञ्चायतकालमा गरी पटक–पटक यातायात, पर्यटन तथा नागरिक उड्डयन, जलस्रोत, आपूर्ति, सूचना, पञ्चायत तथा स्थानीय विकास, अर्थ, परराष्ट्र मन्त्री बन्नुभयो । २०३० सालमा राष्ट्रिय पञ्चायत सदस्य बनेका राणा पञ्चायतको अन्तिम समयसम्म पनि त्यसमा हुनुहुन्थ्यो भने बहुदल स्थापना भएपछि ०४८, ०५१ र ०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । तर ०६४ र ०७० सालको संविधानसभा चुनावमा उहाँ पराजित हुनुभयो । १९९८ साल वैशाखमा काठमाडौंमा जन्मेका पशुपति शमशेर जवरा अन्तिम राणा शासक मोहन शमशेरका नाति तथा विजय शमशेर र सरलादेवीका छोरा हुनुहुन्छ । राणाले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट राजनीतिशास्त्र, दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातक गर्नुभएको छ ।
थप उम्मेद्‌वारहरू