उम्मेदवार
टेक बहादुर गुरुङ नेपाली कांग्रेस

टेकबहादुर गुरुङ नेपाली कांग्रेसको मनाङ सभापति हुनुहुन्छ । मनाङ निर्वाचन क्षेत्र नं १ बाट २०७० सालको निर्वाचनमा १ हजार ५ सय २७ मत ल्याएर उहाँ निर्वाचित हुनुभएको थियो । बि.सं २०११ मंसिर ११ गते मनाङको टंकी मनाङमा जन्मेका उहाँले २०३६ सालदेखि राजनीति सुरु गर्नुभएको हो ।

बिपी कोइरालाको हातबाट सदस्यता लिएर राजनीति थालेका गुरुङ सुशील कोइराला नेतृत्वको सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री हुनुभयो । मन्त्री सरह काम गर्ने अधिकार पाएका गुरुङले फ्रि भिसा फ्रि टिकटको निर्णय गरेर थप लोकप्रिय बन्नुभयो । तर अहिलेसम्म पनि निर्णय प्रभावकारी कार्यन्वयन भने भएको छैन ।

१० कक्षासम्म पढ्नुभएका गुरुङ नेपाली फुटबलको चर्चित क्लव मनाङ मस्र्याङ्दी क्ल्वको संस्थापकसँगै ९ वर्ष क्लवको अध्यक्ष पनि हुनुभयो । उहाँले झुमा नामको चलचित्र पनि बनाउनुभएको छ ।

थप उम्मेद्‌वारहरू