उम्मेदवार
पाल्देन छोपाङ गुरुङ, को जन्म २०१६ असोजमा मनाङमै भएको हो । अहिलेको चुनावमा मनाङबाट उम्मेदवार बनेपनि उहाँ पहिलेदेखि राजनीतिमा भने लाग्नुभएको थिएन । पाल्देनले प्रजेन्द्र मेमोरियल स्कुलमा कक्षा ८ सम्म पढेपछि भारत जानुभयो । त्यसपछि दार्जेलिङबाट एसएलसी पास गरेपछि उहाँले त्रिचन्द्र क्याम्पसमा आइएस्सी पढ्नुभयो । तर उहाँले विचैमा पढ्न छाडेर व्यापारमा लाग्नुभयो । व्यापारिक क्षेत्रका पाल्देन २ बर्षअघि मात्रै एमालेमा प्रवेश गर्नुभएको हो । उहाँ नेकपा एमाले मनाङको अध्यक्ष पनि हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू