उम्मेदवार
देव गुरुङ नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य हुनुहुन्छ । पार्टी फुटेपछि मोहन वैद्य नेतृत्वको माओवादीमा लागेर २०७० सालको चुनाव बहिस्कार गरेका गुरुङ पछि फेरि माओवादीमै फर्कनुभयो । उहाँ २०६४ सालको चुनावमा मनाङ र कास्कीबाट विजयी हुनुभएको थियो । उहाँ स्थानीय विकास मन्त्री भैसक्नु भएको छ । २०३६ सालदेखि नै राजनीतिमा लाग्नुभएका गुरुङ ०४२ सालमा अखिल छैठौंको अध्यक्ष हुनुभएको थियो । लामो समयदेखि नै माओवादीको केन्द्रीय नेतृत्वमा रहेका गुरुङ जनयुद्ध थालनी भएको केही समयपछि नै गोरखाबाट गिरफ्तार हुनुभयो । रुकुम महतको चौकी कब्जा गर्दा अपहरणमा परेका तत्कालीन डीएसपी ठूले राईलाई माओवादीले छोड्दा गुरुङलाई पनि राज्यपक्षले छाडेको थियो । उहाँ तत्कालीन माओवादी र सरकारबीच भएको वार्ताटोलीको सदस्य पनि हुनुहुन्थ्यो । अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी सांसदमा उहाँ माओवादी संसदीय दलको उपनेता हुनुहुन्थ्यो । यसैगरी गुरुङ अन्तरिम सविधान निर्माण गर्ने टोलीमा पनि संलग्न हुनुभयो । अति विकट हिमालपारीको जिल्ला मनाङको ओडारगाउँमा जन्मनुभएका गुरुङ विद्यार्थी कालदेखि नै राजनीतिमा लाग्नुभएको हो ।
थप उम्मेद्‌वारहरू