उम्मेदवार
भुपेन्द्रबहादुर थापा हाल नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले २०३८ सालमा अखिल पाँचौमा आवद्ध हुँदै राजनीति सुरु गर्नु भएको हो । २०२४ साल वैसाख १६ गते म्याग्दीको रत्नेचौरमा जन्मनुभएका थापाले प्रविणता प्रमाण पत्र तहसम्म अध्ययन गर्नुभएको छ । वागलुङको विद्यामन्दिर माविबाट एसएलसी दिएका थापाले धौलागिरी वहुमुखी क्याम्पसबाट प्रविणता प्रमाण पत्र तह (आइए) गर्नुभयो । बेनी नगरपालिका १ रत्नेचौरका बासिन्दा थापा २०७१ सालको साउन १ गते नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।
थप उम्मेद्‌वारहरू