उम्मेदवार
डाक्टर सूर्यप्रसाद पाठक नेकपा एमालेका युवा नेता हुनुहुन्छ । २०३२ सालमा बाग्लुङ नगरपालिकाको अमलचौरमा जन्मिएका पाठकले माध्यामिक तहसम्मको शिक्षा बाग्लुङबाटै लिनुभएको हो । उहाँले विद्याबारिधीसम्मको शिक्षा हासिल गर्नुभएको छ । पाठक २०४५ सालमा अनेरास्ववियु पाँचौंको सदस्य, २०४७ सालमा अनेरास्ववियु जिल्ला सदस्य, २०४८ सालमा अनेरास्ववियु जिल्ला सह–सचिव, २०५१ सालमा एमालेको संगठित सदस्य, २०५४ सालमा अनेरास्ववियु त्रिचन्द्र क्याम्पसको प्रारम्भिक कमिटीको अध्यक्ष तथा २०५६ सालमा अनेरास्ववियुबाट त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापति उम्मेदवार हुनुभएको थियो । उहाँ २०५७ सालमा प्रवासी नेपाली मञ्च जापान सदस्य र २०६३ सालदेखि २०६७ सालसम्म प्रवासी नेपाली मञ्च जापान अध्यक्ष हुनुभएको थियो । पाठक २०७० सालको चुनावमा बाग्लुङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेपनि पराजित हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू