उम्मेदवार
चम्पा देवी खड्का नेपाली कांग्रेस
चम्पादेवी खड्काको जन्म २०२१ साल असोजमा बाग्लुङमा भएको हो । उहाँले बाग्लुङकै विद्यालयमा माध्यामिक तहको शिक्षा पूरा गर्नुभएको छ । २०४७ सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएपनि उहाँ राजनीतिमा बाहिर देखिने गरी लाग्नुभएको थिएन । उहाँका श्रीमान हरिबहादुर खड्काको २०७१ मंसिर २२ गते सडक दुर्घटनामा ज्यान गएपछि भएको उपचुनावमा उहाँ सभासद हुनुभएको थियो । २०७३ सालमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको क्रियाशिल सदस्य भएकी खड्का अहिले कांग्रेसको महासमिती सदस्य हुनुहुन्छ । उहाँ शहकारी तथा गरिवी निवारण राज्यमन्त्री हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू