उम्मेदवार
नरबहादुर पुन नेपाली कांग्रेस बाग्लुङका नेता हुनुहुन्छ । २०१५ सालको माघमा बाग्लुङको गल्कोट पाण्डवखानी जन्मिएका नेता पुनले माध्यामिक तहसम्मको अध्ययन बाग्लुङमै पढ्नुभयो । उहाँले भारतबाट व्यवस्थापन संकायमा स्नातक गर्नुभएको छ । २०४७ सालबाट राजनीतिक यात्रा सुरु गरेका पुन २०४९ देखि २०५२ सम्म पार्टी क्षेत्रीय कमिटी सदस्य र २०५३ देखि २०६८ सम्म ३ कार्यकाल जिल्ला कार्यसमिति सदस्यका रुपमा काम गर्नुभएको छ । नेता पुनले नेपाल आदिवासी जनजाति महासंघमा महासचिवका रुपमा २०५८ देखि २०६७ सालसम्म काम गर्नुभयो । उहाँ २०६४ सालको पहिलो संविधानसभाको चुनावमा वाग्लुङ क्षेत्र नम्बर ३ बाट विजयी हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू