उम्मेदवार
पद्मपाणि उपाध्याय र रेवती उपाध्यायका छोरा देवेन्द्र पौडेलको जन्म २०२१ साल पुष २८ गते बाग्लुङको अमलाचौर १ मा भएको हो । दाजुहरुको प्रेरणाबाट कम्युनिष्ट आन्दोलनमा लागेका पौडेलले शिक्षाशास्त्र संकाय तर्फबाट स्नातक गर्नुभएको छ । पौडेलले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । २०३४ सालमा नै विद्यार्थी संगठनमा आवद्ध भएका पौडेल २०४१ सालमा अखिल छैटौंका बाग्लुङ जिल्ला अध्यक्ष हुनुभयो । त्यसपछि सो संगठनको उहाँ केन्द्रीय कोषाध्यक्ष, महासचिव र उपाध्यक्ष समेत हुनुभयो । मोहनविक्रम सिंह नेतृत्वको तत्कालीन नेकपा (मसाल)बाट हरिबोल गजुरेल, डा. बाबुराम भट्टराई, बिनबहादुर कुँवर, टोपबहादुर रायमाझीसँगै उहाँ पनि अलग भएर विद्रोही मसाल बन्यो । त्यसपछि एकता केन्द्र हुँदै नेकपा माओवादीमा संगठित हुनुभयो । २०३७ सालमा तत्कालीन नेकपा चौम(चौथो महाधिवेशन)को सदस्यता लिएका पौडेल ०३९ सालमा पार्टीको पूर्णकालीन सदस्य हुनुभयो भने ०५७ सालमा तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य बन्नुभयो । २०७२ सालमा माओवादी छाडेर बाबुराम भट्टराइको नयाँ शक्तिमा पुगेका पौडेल फेरि माओवादीमै फर्केर स्थायी समिती सदस्य हुनुभएको छ । पौडेललाई सशस्त्र बिद्रोह कालमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले लडाकुको नियन्त्रणमा राखेर चरम शारिरीक यातना समेत दिएको थियो । पौडेल उम्मेदवार भएको काठमाडौं क्षेत्र नम्वर ९ मा २०६४ सालमा भएको संविधानसभा चुनावमा नेपाली कांग्रेस विजयी भएको थियो भने तत्कालीन नेकपा माओवादी दोस्रो स्थानमा थियो ।
थप उम्मेद्‌वारहरू