उम्मेदवार
संविधानसभामा माओवादीका तर्फबाट समानुपातिक सभासद् कमला रोका अहिले बाम गठबन्धनका तर्फबाट उमेद्वार बन्नुभएको हो । २०३२ सालमा रुकुमको प्वाँङमा जन्मिएकी कमला रोका २०४६ सालदेखि राजनीतिमा लाग्नुभएको हो । जनयुद्धको थालनीमा सुरक्षा दलमा भर्ती भएकी कमला रोका कक्षा १० कक्षा परीक्षा नदिँदै भूमिगत हुनुभएको थियो । २०५३ सालमा माओवादीको जिल्ला समिती सदस्य भएकी कमला २०६१ सालमा माओवादीको केन्द्रीय सदस्य हुनुभयो । रुकुमको अति दुर्गम क्षेत्रमा किसान परिवारमा जन्मेकी कमला लेखक पनि हुनुहुन्छ । उहाँले वृत्तचित्र अभिनय पनि गर्नुभएको छ । उहाँ अमेरिकी पत्रकार जुलीद्वारा निर्देशित बृत्तचित्र सारी सोल्जरका पात्रहरूमध्ये एक हुनुहुन्छ । उहाँ माओवादीको युवा सङगठन वाइसिएलका पूर्व अध्यक्ष गणेशमान पुनकी श्रीमती हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू