उम्मेदवार
पूर्वी रुकुममा नेपाली काँग्रेसका उमेद्वार हरिशंकर घर्ती रुकुमको तत्कालिन तकसेरा गाविसमा भएको हो । उहाँको पढाई बाग्लुङमा सुरु भयो । उहाँ एसएलसीमा उत्तिर्ण हुन सक्नुभएन् । त्यसपछि उहाँले शिक्षण पेसा सुरु गर्नुभयो । उहाँकै पहलमा २०२९ सालमा सेराबालुबा प्रावि स्थापना गरेर उहाँले त्यही विद्यालयमा ३ वर्ष पढाउनुभयो । ३२ सालदेखि महेन्द्र निमाविमा शिक्षण गर्न थालेका घर्तीमगरले ३७ सालसम्म काम गर्नुभयो । तर पञ्चायती शासनपछि २०३७ सालमा उहाँलाई अवकास दिइयो । उहाँको राजनीतिक यात्रा पञ्चायतकालदेखि नै सुरु भएको हो । २०३९ सालमा प्रधानपञ्चको उमेदार उठेर पराजित भएका हरिशंकर २०४३ देखि नेपाली काँग्रेसको कार्यकर्ता बन्नुभयो । प्रधानमञ्चमा पराजित भएपछि उहाँ रोजगारीका लागि २०३९ सालमा वैदेशिक रोजगारीका लागि बहराईन जानुभयो । दुई वर्ष बहराइन बसेर फर्किएका हरिशंकर घर्तीमगर २०४८ सालको चुनावमा नेपाली काँग्रेसबाट गाविस अध्यक्षको उमेदवर बन्नुभयो । तर त्यस पटक पनि पराजित हुनुभयो । पटक पटकको चुनावी पराजयले उहाँलाई जर्मनीसम्म पनि पुर्यायो । उहाँ जर्मनीमा पाँच वर्ष बसेर फर्किनुभएको हो । अहिले उहाँ जिल्ला कार्य समिती सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू