उम्मेदवार
देबेन्द्र बहादुर शाही नेपाली कांग्रेस
देवेन्द्रबहादुर शाहीले सक्रिय राजनीति थालेको १७ वर्ष पूरा भयो । उहाँले २०५७ सालमा नेपाली कांग्रेसको साधारण सदस्यता लिनुभएको थियो । १०१९ साल कात्तिक १० गते जन्मेका शाहीले एसएलसी पास गर्नुभएको छ । कर्णाली प्राविधिक शिक्षालयबाट उहाँले एसएलसी पास गर्नु भएको हो । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएकै वर्ष २०५८ सालमा उहाँ पार्टीको जिल्ला कार्य समिति सदस्यमा निर्वाचित हुनुभयो । २०५९ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति जुम्लाको कोषाध्यक्ष भएका शाहीले भ्रातृ तथा शुभेच्छुक संगठनको जुम्ला प्रमुखको जिम्मेवारी पाउनुभयो । २०७० सालको संविधानसभा चुनावमा यूवा परिचालन समिति संयोजकको भूमिका निर्वाह गरेका शाही पार्टीको १२ औंं महाधिवेशनबाट प्रतिनिधिमा निर्वाचित हुनुभयो । अहिले उहाँ नेपाली कांग्रेस जुम्लाको प्रशिक्षण विभाग प्रमुख हुनुहुन्छ । हालको बसोबास चन्दननाथ नगरपालिका १० जुम्लामै छ ।
थप उम्मेद्‌वारहरू