उम्मेदवार
दुर्गा बहादुर रावतको जन्म २०२३ सालको चैतमा कालिकोटको छाप्रो ५ रावतवडामा भएको हो । उहाँले प्रावी तहको शिक्षा कालिका प्रावी छाप्रेमा र माध्यामिक तहको शिक्षा सत्यदेवी मावी कालिकोटमै पुरा गर्नुभएको हो । आर्थिक अवस्थाका कारण उहाँले उच्च शिक्षा पढ्न पाउनुभएन । २०३६ सालदेखि नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट राजनिती थालेका रावत २०४८ सालमा मशालमा प्रवेश गर्नुभयो, त्यसपछि माओवादीमा प्रवेश गरेर २०५५ सालदेखि पुर्णकालिन कार्यकर्ताको रुपमा काम गर्नुभयो । २०६४ सालदेखि अहिलेसम्म नेकपा माओवादी केन्द्र कालिकोटको अध्यक्ष रहेका दुर्गा बहादुर रावत माओवादीका पोलिटव्युरो सदस्य पनि हुनुहुन्छ । उहाँलाई २०६४ र २०७० सालको चुनावमा माओवादीले समानुपातिक सांसदको उम्मेदवारको सूचीमा राखेपनि सांसद भने बनाएन ।
थप उम्मेद्‌वारहरू