उम्मेदवार
भुपेन्द्र जंग शाही नेपाली कांग्रेस
२०३९ सालको बैसाखमा कालिकोटको मान्मामा जन्मिएका भुपेन्द्रजंग शाही कांग्रेसका युवा नेता हुनुहुन्छ । विद्यालय तहको शिक्षा मान्मकै पञ्चदेव उच्च मावीमा लिएका शाहीले विद्यालय पढ्दा नै नेपाल विद्यार्थी संघको राजनिती सुरु गर्नुभएको थियो । उहाँले व्यावस्थापन संकायमा स्नातकोत्तर गर्नुभएको छ । २०५५ सालमा नेपाल कमर्स क्याम्पसमा स्ववियु सदस्य भएका शाही ३ पटक नेविसंघको केन्द्रीय सदस्य भैसक्नुभएको छ । उहाँ २०६४ सालमा नेविसंघको उपाध्यक्ष हुनुभएको थियो । २०७२ सालमा भुपेन्द्रजंग शाही तरुण दलको महामन्त्री हुनुभयो । उहाँ २ पटक महासमिती सदस्य भैसक्नुभएको छ । उहाँ २०७० सालको चुनावमा कालिकोटबाट चुनाव लडेपनि पराजित हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू