उम्मेदवार
मङगल बहादुर शाही नेपाली कांग्रेस
मंगलबहादुर शाहीको जन्म २०२२ सालको असार ४ गते सर्केगाढ गाउँपालिका ५ हुम्लामा भएको हो । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उहाँ पार्टीको जिल्ला सभापति समेत हुनुभयो । तर हाल उहाँ कुनैपनि पदमा हुनुहुन्न । गएको स्थानीय तहको चुनावमा मंगलबहादुर सर्केगाढ गाउँपालिकाको अध्यक्षमा उम्मेदवार हुनुभएका उहाँ पराजित हुनु भएको थियो । उहाँले स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएको छ । हिमज्योति मावि सर्केगाडबाटै उहाँले एसएलसी पास गर्नुभयो । उहाँले नेपाल ल क्याम्पसबाट बीएल र त्रिचन्द्र क्याम्पसबाट एमए गर्नुभएको छ । उहाँको हालको बसोबास सिमकोट गाउँपालिका ६ मा छ ।
थप उम्मेद्‌वारहरू