उम्मेदवार
छिमी दोर्जी लामा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज हुनुहुन्छ । उहाँको जन्म २०३७ साल साउन १ गते सिमकोट गाउँपालिका ४ हुम्लामा भएको हो । अहिलेको बसोबास भने सिमकोट गाउँपालिकाकै वडा नं ५ मा छ । मानसरोवर मावि सिमकोटबाट एसएलसी गरेका छिमी अध्ययन छाडेर माओवादी आन्दोलनमा लाग्नु भएको थियो । द्वन्द्वकालमै उहाँ तत्कालीन माओवादीको हुम्ला जिल्लाको जनसरकार प्रमुख भएर काम गर्नुभयो । पहिलो संविधानसभाको चुनाव २०६४ मा उहाँ समानुपातिकबाट सभासद बन्नुभयो ।
थप उम्मेद्‌वारहरू