उम्मेदवार
राजीव बिक्रम शाह नेपाली कांग्रेस
व्यापारिक पेशामा आवद्ध राजिव विक्रम शाहले २०६३ सालमा नेपाली कांग्रेसबाट सक्रिय राजनीति थाल्नु भएको हो । सक्रिय राजनीतिमा लागेको सात वर्षमै २०७० सालको चुनावमा उहाँले संविधानसभाको उम्मेदवार बन्नुभयो । र जाजरकोट निर्वाचन क्षेत्र नं २ बाट विजयी हुनुभयो । सभासदमा विजयी भएपछि शाहले तलव भत्ता समेत लिनु भएन र गाउँको विकासमा खर्च गर्नुभयो । उहाँलाई समाजसेवी नेताको रुपमा चिनिन्छ । उहाँले व्यवस्थापन विषयमा स्नातकसम्मको अध्ययन पूरा गर्नुभएको छ । उहाँको हालको बसोबास भने काठमाडौंको थापाथलीमा छ ।
थप उम्मेद्‌वारहरू