उम्मेदवार
माओवादी केन्द्रका केन्द्रीय सदस्य बस्नेत केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री बन्नुभयो । त्यसअघि उहाँ स्वास्थ्य मन्त्री समेत बनिसक्नुभएको थियो । मानविकीमा स्नातक शक्तिबहादुर बस्नेतको जन्म २०२८ साल वैशाख १ गते जाजरकोटको खलंगामा भएको हो । उहाँका बुबाको नाम डण्डवीर बस्नेत र आमाको नाम धर्मकुमारी बस्नेत हो । बस्नेतले बिद्यार्थी हुँदै राजनीति सुरु गर्नुभएको हो । बि.सं २०४७ सालदेखि राजनीति थालेका बस्नेत २०५५ सालामा नेकपा माओवादीको केन्द्रीय सदस्य हुनुभयो । २०६० सालमा पोलिटब्यूरो सदस्य हुँदै बस्नेत सशस्त्र बिद्रोहकालमा माओवादी लडाकुको डिभिजन कमिसार समेत हुनुभयो । सशस्त्र बिद्रोहकालमा उहाँले जाजरकोट, सुर्खेत, दाङ, बर्दिया, डोल्पा, जुम्ला, बाँके, प्यूठान, दैलेख जिल्लामा काम गर्नुभएको थियो । पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वास पात्र मानिने बस्नेत नेकपा एमालेका झलनाथ खनाल नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । पार्टीमा सरल स्वभावका चलाख नेताका रुपमा चिनिने बस्नेत २०७० सालको चुनावमा जाजरकोट क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू