उम्मेदवार
पृथ्वी बहादुर सिंह नेपाली कांग्रेस
पृथ्वीबहादुर सिंहको जन्म २०१५ सालको माघ १७ गते जयपृथ्वी नगरपालीका १ कैलाश चिउरी भण्डारमा भएको हो । उहाँले स्नातक तहसम्मको अध्ययन पुरा गर्नुभएको छ । सत्यवादी उच्च माध्यामिक विद्यालय भोपुरबाट एसएलसी दिएका सिंहले सिद्धनाथ विज्ञान क्याम्पसबाट आइएसी गर्नुभयो । जनता कलेज इस्लामबाद भारतबाट बिए पढेका सिंहले महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजबाट आइएल र बिएल अध्ययन गर्नुभयो । २०३२ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पृथ्वीबहादुरले २०३९ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज स्वब्यु सभापती र नेविसंघको जिल्ला सभाती हुनुभयो । २०४७ साल देखी ५९ सालसम्म नेपाली कांगे्रसको पार्टी सचिब र त्यसपछि १० वर्ष सभापती हुनुभयो । २०४९ साल देखी हाल सम्म निरन्तर महाधिवेशन प्रतिनिधी तथा महा समिती सदस्य विजयी हुनुभएको छ ।
थप उम्मेद्‌वारहरू