उम्मेदवार
भैरबबहादुर सिंह हाल नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँको जन्म २०१५ सालको चैत १२ गते भएको हो । सरस्वती उच्च माध्यामिक विद्यालय विजगडा बुंगलमा कक्षा १० सम्म अध्ययन गरेका भैरबबहादुरले महेन्द्ररत्न क्याम्पस ताहाचाल काठमान्डौँबाट प्रविणता प्रमाणपत्र तह उतिर्ण गर्नुभयो । कीर्तिपुर वहुमुखी क्याम्पसबाट उहाँले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । २०३३ सालदेखि अखील नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिनमा आबद्ध उहाँ २०३४ सालमा महेन्द्ररत्न क्याम्पसमा अखिलको एकाई अध्यक्ष हुनुभयो । २०३७ सालदेखि २०४० सालसम्म सुदूरपश्चिम अनेरास्ववियु छैटौँको अध्यक्ष भएका उहाँ २०३७ साल मंसीरदेखि फागुनसम्म जेल जीवन बिताउनुभयो । २०४० सालदेखि २०४२ सालसम्म कीर्तिपुर क्याम्पसमा अखिलको इकाई सचिव भएका भैरबबहादुरले २०४६ सालमा नेकपा एमाले पार्टीको सदस्यता प्राप्त गर्नुभयो । २०४८ सालमा उहाँ बझाङ क्षेत्र नं २ बाट उम्मेदवार बनेर पराजित हुनुभयो । त्यही साल उहाँ एमाले जिल्ला कमिटिको उपसचिव हुनुभयो । २०५१ सालको मध्यावधी चुनावामा क्षेत्र नंंं. २ बाटै उम्मेदवार बनेपनि दोश्रो पटक पराजित हुनुभयो । २०५४ सालमा एमाले बझाङको पार्टी सचिव हुनुभयो । २०५६ सालको चुनावमा पनि उहाँ पराजित हुनुभयो । २०५९ सालमा पार्टीको अञ्चल समन्वय समितीको सदस्य, २०६८ सालमा एमालेको राष्ट्रिय प्रतिनिधिसभा सदस्य हुँदै २०७१ सालमा नबौँ महाधिबेशनबाट वैकल्पिक केन्द्रीय सदस्यमा निर्बाचित हुनुभयो ।
थप उम्मेद्‌वारहरू