उम्मेदवार
नर बहादुर चन्द नेपाली कांग्रेस
नरबहादुर चन्दको जन्म वि.सं. २०१९ भदौ १३ गते बैतडीको दशरथचन्द नगरपालिकामा भएको थियो । उहाँले अहिलेको वीरेन्द्र उच्च माध्यमिक विद्यालयबाट विद्यालयस्तरको पढाई पूरा गर्नुभएको थियो । स्नातकोत्तर सम्मको पढाई पूरा गर्नुभएका चन्द २०३४ सालमा नेविसंघको सदस्य भएसँगै नेपाली कांग्रेस पार्टीबाट राजनीतिक यात्रा सुरु गर्नु भएको हो । उहाँले २०४१ सालमा नेविसंघ जिल्ला अध्यक्ष, २०४५ सालमा नेविसंघ इकाई सचिव हुँदै राजनीतिक यात्रालाई निरन्तरता दिनुभएको छ । उहाँ २०७० सालको दोस्रो संविधानसभाको चुनावमा विजयी हुँदै पहिलो पटक सांसद हुनुभयो । नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहनुभएका चन्द वर्तमान सरकारमा बाणिज्य राज्यमन्त्री समेत हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू