उम्मेदवार

पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारीले २०४६ सालको जनआन्दोलन पछि राजनीति सुरु गर्नु भएको हो । २०४७ सालमा अनेरास्ववियु बैतडीको जिल्ला अधिवेशनबाट उपसचिवमा निर्वाचित भण्डारी यो सँगै तेश्रो पटक चुनाव लड्दै हुनुहुन्छ । उहाँको जन्म २०३० साल कात्तिक २० गते पाटन नगरपालिका ८ बैतडीमा भएको हो ।

२०६४ सालको निर्वाचनमा पराजित भएका भण्डारी २०७० सालको निर्वाचनमा बैतडीबाटै विजयी हुनुभयो । २०७२ सालमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री समेत बन्नुभयो । कृष्ण उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरेका भण्डारीले भारतको कुमाउ युनिभर्सिटी पिथौरागढबाट स्नातक गर्नुभएको छ । अहिले उहाँ नेकपा एमाले प्रदेश नम्बर ७ को संगठन कमिटी सदस्य हुनुहुन्छ ।

थप उम्मेद्‌वारहरू