उम्मेदवार
केशवबहादुर थापा नेपाली कांग्रेस
केशवबहादुर थापाको जन्म २०१७ साल वैशाख १९ गते फाकाफोक गाविस इलाममा भएको हो । उहाँले कानुन संकायबाट स्नातक गर्नुभएको छ । भानुभक्त मावि इलामबाट एसएलसी पास गरेका थापाले नेपाल ल क्याम्पस काठमाडौंबाट बिएल गर्नुभएको छ । २०३३ सालमा नेविसंघबाट राजनीतिमा प्रवेश गरेका थापा २०३६ सालमा कांग्रेसमा आबद्ध हुनुभयो । २०६३ सालमा उहाँ इलामको पार्टी सभापति बन्नुभयो । थापा २०६४ सालको संविधानसभा चुनावमा इलाम जिल्ला क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ्गसँग पराजित हुनुभएको थियो । तर २०७० सालको संविधानसभा चुनावमा भने क्षेत्र नं ३ बाट उम्मेदवार बनेका थापा विजयी हुनुभयो । नेपाली कांग्रेस, इलामका सभापति समेत भइसकेका थापा २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माण मन्त्री हुनुभएको थियो । उहाँका दुई छोराछोरी छन् ।
थप उम्मेद्‌वारहरू