उम्मेदवार

नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङले प्रमुख भूमिका निर्वाह गर्नुभएको छ । २०६४ को पहिलो संविधानसभा र २०७० को दोश्रो संविधानसभामा उहाँ सभामुख निर्वाचित हुनुभयो । उहाँकै कार्यकालमा नेपालमा संविधान घोषणा भयो । नेम्वाङको जन्म २००९ सालमा इलामको सुन्तलाबारीमा भएको हो । उहाँका बाबुको नाम रामबहादुर र आमाको नाम अपिन्द्रकुमारी हो ।

कानुन व्यवसायीसमेत रहेका नेम्बाङ्गको राजनीतिक पृष्ठभूमि पनि लामो छ । कानून र मानविकी संकायमा स्नातक गरेका सुवासचन्द्र नेम्बाङ पञ्चायतकालमा वकालतमा छुट्टै र चर्चित नाम थियो । नेम्वाङ्ग २०२८ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको प्रथम निर्वाचित स्ववियु सभापति हुनुहुन्थ्यो । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएको थियो । उहाँ २०४३ सालमा नेपाल बार एशोसिएशनको महासचिव हुनुभयो ।

२०५१ सालमा पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको नौ महिने सरकारमा नेम्वाङ कानून तथा न्याय राज्यमन्त्री हुनुहुन्थ्यो । त्यसपछिका सरकारमा उहाँले सामान्य प्रशासन, स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । प्रजातन्त्रको स्थापनापछि भएका सबै चुनावमा उहाँ ईलाम क्षेत्र नम्वर २ बाट विजयी हुनुभएको छ । २०४८ सालमा राष्ट्रियसभाको सदस्य रहेका नेम्बाङ २०५६ सालको संसदीय चुनावपछि सार्वजनिक लेखा समितिको संयोजक हुनुभएको थियो । पहिलो संविधानसभा चुनावमा उहाँले नेपाली कांग्रेसका केशव थापालाई पराजित गर्नुभयो । दोश्रो संविधानसभा चुनावमा पनि उहाँ यही क्षेत्रबाट विजयी हुनुभयो ।

https://www.facebook.com/Subash-Nembang-394519317554326/?nr

थप उम्मेद्‌वारहरू