उम्मेदवार
विश्व प्रकाश शर्मा नेपाली कांग्रेस
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा को जन्म २०२७ साल पुस ६ गते झापाको शान्तिनगरमा भएको हो । शर्मा २०७० सालको संविधानसभा चुनावमा झापा १ बाटै नेकपा एमालेका रविन कोइरालासँग पराजित हुनु भएको थियो । उहाँको बुबाको नाम परशुराम भण्डारी र आमाको नाम सावित्रा शर्मा भण्डारी हो । उहाँका १ छोरा १ छोरी छन् । शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर पास गर्नुभएको छ । २०४० सालमा ८ कक्षामा पढ्दा धुलाबारी मावि झापाको नेविसंघ इकाई सभापति भएका शर्मा २०४१ सालमा ९ कक्षामा पढ्दा ९ महिना हिरासतमा बस्नु भएको थियो । २०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति भएका विश्वप्रकाश त्यसको १० वर्षपछि २०५७ सालमा नेविसंघको केन्द्रीय सभापति हुनुभएको थियो । २०५८ सालमा पहिलो पटक नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका शर्मा २०७२ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो ।
थप उम्मेद्‌वारहरू