उम्मेदवार
उद्धब थापाको जन्म अर्जुनधारा ४ झापामा २०१४ सालको मंसिर १५ गते भएको हो । यमबहादुर र डम्मरकुमारीका छोरा उद्धव थापाका २ छोरा छन् । उहाँले व्यवस्थापन संकायमा स्नातक गर्नुभएको छ । २०३२ सालमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका थापा ०४७ सालमा अर्जुनधारा गाउँ कमिटीको सचिव हुनुभयो । २०४८ सालको आठौं महाधिशेनबाट नेपाली कांग्रेस २ नम्बर क्षेत्रको क्षेत्रीय सभापति भएका थापा अर्को कार्यकाल पनि त्यही क्षेत्रको क्षेत्रीय सभापति हुनुभयो । दशौं महाधिवेशनबाट जिल्ला कार्यसमिति झापाको सचिव भएका थापा ११ औं महाधिवेशनबाट पार्टीको जिल्ला उपसभापति र १२ औं महाधिवशेनपछि जिल्ला सभापति हुनुभयो । थापाले जिल्ला विकास समिति झापाको संयन्त्र सदस्य भएर ३ वर्ष काम गर्नुभयो । त्यस्तै स्थानीय शान्ति समिति झापाको संयोजक, बिर्तामोड बसपार्क समितिको अध्यक्ष तथा ४ वर्षसम्म अर्जुनधारा संस्कृत माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएर पनि काम गर्नुभएको छ । २०७० सालको चुनावमा झापा क्षेत्र नं ४ बाट उम्मेदवार बनेका थापा पराजित हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू