उम्मेदवार
लाल प्रसाद साँवा लिम्बू नेपाल कम्युनिष्ट पार्टी (एमाले)
लालप्रसाद साँवा लिम्बुको जन्म २०२४ असार २७ गते झापाको सतासीधाममा भएको हो । दुई छोराका बुबा लालप्रसादले विज्ञान संकायमा स्नातक गर्नु भएको छ । साँवा २०३६ सालदेखि अनेरास्ववियुको सदस्य भएर राजनीतिमा प्रवेश गर्नुभएको हो । २०४७ देखि नेकपा एमालेको पार्टी सदस्यता लिएका साँवा ०६२ सालमा बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष हुनुभयो । २०६९ सालमा नेकपा एमालेको उद्योग वाणिज्य व्यवसाय महासंघको केन्द्रीय सचिव भएका साँवा २०७० सालको चुनावमा झापा ५ बाट उम्मेदवार बनेपनि पराजित हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू