उम्मेदवार
देउ कुमार थेवे नेपाली कांग्रेस
झापा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका देउकुमार थेवेको जन्म विक्रम संवत २०२१ साल मंसिर २९ गते ताप्लेजुङको आम्वेगुदिनमा भएको थियो । २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय थेवे २०३९ मा ताप्लेजुङबाट झापा झर्नुभएको थियो । उहाँ २०४१ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय हुनुभएको हो । विक्रम संवत २०४६ सालमा कुमारखोट गाविसको पार्टी उपसभापति बन्नुभयो । त्यस्तै २०४९ सालमा भएको स्थानीय चुनावमा गाविस अध्यक्षमा निर्वाचित भएका थेवे पार्टीको नवौँ महाधिवेशनमा क्षेत्रीय सभापति हुनुभएको थियो । त्यस्तै २०५४ को स्थानीय चुनावमा पुनः निर्वाचित हुनुभएको थियो । कांग्रेसको जिल्ला उपसभापति हुँदै महासमिति सदस्यसम्म पुग्नुभएका थेवेले ताप्लेजुङबाटै एसएलसी उत्तीर्ण गर्नुभएको छ ।
थप उम्मेद्‌वारहरू