उम्मेदवार
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङको जन्म २०३२ सालमा आठराई गाउँपालिका ४ को इवा तेह्रथुममा भएको हो । २०४७ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी सीता तेह्रांै महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो । २०४७ सालमा त्रिमोहन मावि सक्रान्तिबाट नेपाल विद्यार्थी संघको इकाई समितिको सचिव हुँदै राजनीतिमा लागेकी सीता समानुपातिक तर्फबाट दुई पटक सभाषद भैसक्नुभएको छ । पहिलो र दोस्रो संविधान सभामा समानुपातिकबाट सभाषद भएकी गुरुङ पहिलो पटक सांसदको चुनावमा उम्मेदवार बन्नु भएको हो । २०४७ सालमा नेविसंघबाट राजनीति सुरु गरेकी गुरुङ २०५७ सालमा नेपाल महिला संघको जिल्ला अध्यक्ष र २०६० सालमा केन्द्रीय सचिव हुनुभयो । २०६७ सालदेखी पार्टीको केन्द्रीय सदस्य बनेकी गुरुङले स्नातकोत्तर सम्मको अध्ययन पूरा गर्नु भएको छ । त्रिमोहन माविबाट एसएलसी पास गर्नुभएकी गुरुङले तेह्रथुम बहुमुखी क्याम्पसमा आइए र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको हो ।
थप उम्मेद्‌वारहरू