उम्मेदवार

उद्योगमन्त्री तथा रापप्रा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापाको जन्म २०१६ साल वैसाख १ गते धनकुटाको मुगामा भएको हो । पूर्वप्रधानमन्त्री स्व.सूर्यबहादुर र आमा मनकुमारी थापाको एक्लो छोरा सुनिलबहादुर २०७० सालको संविधानसभाको चुनावमा धनकुटा क्षेत्र नंं २ बाट विजयी हुनु भएको थियो । २०७० सालको चैतमा पनि उहाँ बाणिज्य तथा आपूर्ति मन्त्री हुनु भएको थियो । बुवा सूर्यबहादुर थापाले खोलेको राष्ट्रिय जनशक्ति पार्टीको सदस्यता लिएको एक हप्तापछि नै उहाँ २०६८ सालमा केन्द्रीय सदस्य हुनु भयो । २०६९ सालमा राप्रपा एकिकृत भएपछि पनि केन्द्रीय सदस्य भएका थापा २०७३ सालमा महामन्त्री हुनुभयो । २०७४ सालमा पार्टी विभाजन गरेर रापप्रा प्रजातान्त्रिकका महामन्त्री बनेका थापा प्रतिनिधि सभाको लागि धनकुटाबाट उम्मेदवार बन्नु भएको हो । सेन्ट जेभियर स्कुलबाट एसएलसी पास गरेका थापाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गर्नु भएको छ । राजनीतिमा आउनु पहिले झण्डै २० वर्ष संयुक्त राष्ट्र संघको परियोजनामा विभिन्न देशमा बसेर काम गरेको अनुभव उहाँसँग छ ।

थप उम्मेद्‌वारहरू