उम्मेदवार
डिग बहादुर लिम्वु नेपाली कांग्रेस
नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूको जन्म २०२० भदौ २२ गते सिंहदेवीमा भएको हो । उहाँ हंसानुमा लिम्बू र प्रेमबहादुर लिम्बूका छोरा हुनुहुन्छ । लिम्बू वाम राजनीति छोडेर कांग्रेसमा होमिनुभएको हो । २०३६ सालमा तत्कालीन नेकपा मालेको विद्यार्र्थी संगठन अनेरास्ववियुबाट राजनीति थालेका लिम्बू त्यसको ६ वर्षपछि २०४३ सालमा नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । उहाँ डिग्री कलेज बिराटनगरमा राजनीतिशास्त्रमा स्नातकोत्तर पढ्दै हुनुहुन्छ । शान्ति भगवती उच्चमावि लेटाङबाट एसएलसी गरेका लिम्बूले रिचमण्ड एकेडेमी काठमाडौंबाट आइए र त्रिभुवन विश्वविद्यालयबाट बिए अध्ययन गर्नुभएको हो । बहुदलवादी पार्टीबाट २०३३ सालमा राजनीतिमा लागेका डिकबहादुरले २०४२ सालमा कांग्रेसको सदस्यता लिनु भएको थियो । २०४७ सालमा नेपाल शिक्षक संघ मोरङको संस्थापक सदस्य, २०५२ देखि २०५८ सालसम्म कांग्रेसको क्षेत्रीय सभापति हुनुभयो । कांग्रेस पार्टी फुटेपछि २०६२ सालदेखि २०६७ सालसम्म प्रजातान्त्रिक कांग्रेसको मोरङ सभापति भएका लिम्बू पार्टी एकीकरणपछि सहसभापति हुनु भएको थियो । २०६१ सालमा सामुदायिक वन उपभोक्ता महासंघ मोरङको जिल्ला अध्यक्ष भएका लिम्बू २०५७ देखि २०६५ सालसम्म शान्ति भगवती उमावि व्यवस्थापन समितिको अध्यक्ष र २०६४ सालदेखि २०६८ सालसम्म लेटाङ बहुमुखी क्याम्पसको अध्यक्ष भएर काम गर्नुभयो । २०६४ सालको चुनावमा मोरङ क्षेत्र नं १ बाट पराजित डिकबहादुर २०७० सालको चुनावमा भने विजयी हुनु भएको थियो । २०७२ सालको माघ २६ गते उहाँ नेपाली कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित हुनुभयो ।
थप उम्मेद्‌वारहरू