उम्मेदवार
नेकपा एमाले मोरङको क्षेत्रीय सल्लाहकार घनश्याम खतिवडाको जन्म २०१८ साल कात्तिक १२ गते ताप्लेजुङको नाङ्खोल्याङ ३ मा भएको हो । ईन्द्रप्रसाद र कृष्णमायाका छोरा घनश्याम खतिवडा अर्थशास्त्रमा स्नातक हुनुहुन्छ । २०३३ सालमा तत्कालीन कोअर्डिनेशन केन्द्रको बाल रेडगार्डबाट राजनीति थालेका खतिवडा ०३७ सालमा तत्कालीन नेकपा मालेको विद्यार्थीको संगठन अनेरास्ववियू पाँचौको जिल्ला सदस्य र ०४४ सालमा नेकपा मालेको जिल्ला सदस्य हुनुभयो । बहुदलीय व्यवस्थाको स्थापनापछि पार्टी एकता भएर नेकपा एमाले हुँदा पनि उहाँ जिल्ला कमिटी सदस्य हुनुभयो । २४ वर्ष जिल्ला कमिटीमा बसेर काम गरेका खतिवडा ०६८ सालदेखि नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद र अञ्चल कमिटी सदस्य हुनुभयो । पञ्चायतकालमा पटक–पटक गरी एक वर्ष चार महिना जेल बसेका खतिवडा पञ्चायतका लागि जनपक्षीय उम्मेदवार भएर प्रधानपञ्चमा पराजित हुनुभएको थियो । त्यतिबेला उहाँ १९ भोटले चुनावमा पराजित हुनुभएको थियो । २०७० सालको चुनावमा मोरङ क्षेत्र नं ९ बाट उहाँ पराजित हुनु भएको थियो ।
थप उम्मेद्‌वारहरू