उम्मेदवार
नेकपा एमालेका जिल्ला सचिव ऋषिकेश पोखरेलको जन्म २०२४ कात्तिक १५ मा गोविन्दपुर ३ मोरङमा भएको हो । स्नातकसम्मको अध्ययन गरेका पोखरेल यमुनादेवी र रामचन्द्र पोख्रेलका जेठा छोरा हुनुहुन्छ । पोखरलले विद्यार्थीकालमा २०३९ सालदेखि राजनीति शुरु गर्नुभएको हो । पञ्चायतकालमै मोरङको गोविन्दपुर कसेनीमा माक्र्सवादी अध्ययन केन्द्र खोल्ने क्रममा पोखरेलले सक्रिय भूमिका निभाउनुभएको थियो । अनेरास्ववियूको जिल्ला सचिव र अध्यक्षको जिम्मेवारी सम्हालेका पोखरेल २०५२ सालमा महेन्द्र मोरङ क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित हुनुभएको थियो । पार्टी राजनीतिमा पोखरेल गाउँ कमिटी सदस्य, क्षेत्रीय ईन्चार्ज, जिल्ला कमिटी सदस्य, कार्यालय सचिव र मोर्चा विभाग प्रमुख बन्नुभयो । पोखरेल हाल नेकपा एमालेको जिल्ला कमिटी सचिव हुनुहुन्छ । २०४६ सालको जनआन्दोलनमा नगरस्तरीय आन्दोलनको मोर्चा सम्हालेका पोखरेलले बृद्धबृद्धाको संरक्षणका लागि अभिभावक चौतारी समेत संचालन गर्नु भएको छ । २०७० सालको चुनावमा मोरङ क्षेत्र नं १ मा १४ हजार मत ल्याएर उहाँ विजयी हुनु भएको थियो ।
थप उम्मेद्‌वारहरू