उम्मेदवार
शुनिल कुमार शर्मा नेपाली कांग्रेस
नेपाली कांग्रेसका नेता डा. शुनिल शर्माको जन्म झापाको दुम्सेमा २०३४ सालको पुस २२ गते भएको हो । काठमाडौंको शिक्षण अस्पताल महाराजगंजबाट ल्याव टेक्निसियन गरेका शर्माले सिनस्याङ मेडिकल कलेज चीनबाट एमबिबिएस गर्नु भएको छ । हाल उहाँ काठमाडौं युनिभर्सिटीबाट एमडी गर्दै हुनुहुन्छ । २०५६ सालदेखि नेपाली कांग्रेसमा आवद्ध भएर राजनीति सुरु गरेका शर्मा २०७० सालमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा विजयी हुनुभएको थियो । उहाँ नोबेल मेडिकल कलेजको संचालक पनि हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू