उम्मेदवार
नेकपा एमालेको पोलिटब्यूरो सदस्य भानुभक्त ढकालको जन्म २०१८ सालको पुस १ गते तेह्रथुमको ओख्रेमा भएको हो । उहाँले स्नातकोत्तर तह सम्मको अध्ययन पूरा गर्नु भएको छ । संह बाहिनी ब्यवसायिक माबि, म्याङलुङबाट एसएलसी दिएका ढकालले नेपाल ल क्याम्पसबाट आइएल र बिएल गर्नुभयो । उहाँले त्रिभुवन विश्व विद्यालयबाट एमए गर्नु भएको हो । तेह्रथुममा जन्मिएका ढकालको हालको बसोबास सुन्दर हरैचा १२ मोरङमा छ । २०३५ सालमा अखिलबाट राजनीति शुरु गरेका ढकालले २०५३ सालमा अखिलको महासचिव भएपछि विद्यार्थी राजनीति छाड्नु भएको थियो । २०७० सालको संविधानसभा चुनावमा समानुपातिक तर्फबाट सभाषद बनेका ढकाल १ वर्ष ९ महिना नेकपा एमालेको प्रमुख सचेतक हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू