उम्मेदवार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यको जन्म २०११ साल साउन २२ गते मोरङको विराटनगरमा भएको हो । उहाँका बुबाको नाम गणेशप्रसाद आचार्य र आमाको नाम शान्ता आचार्य हो । आचार्य पञ्चायती कालदेखि नै राजनीतिमा होमिनुभएको हो । वीपी कोइराला परिवारका भान्जा भएकाले उहाँलाई बाल्यकालदेखि नै नेपाली कांग्रेसको राजनीतिले आकर्षित गरेको थियो । बिपी कोइराला, गिरिजाप्रसाद कोइराला लगायतका नेताहरुसँगै उहाँ पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा सरिक हुनुभयो । २०४६ साल र २०६२÷०६३ को आन्दोलनमा पनि उहाँ सक्रियतापूर्वक सहभागी हुनुभएको थियो । नेपाल विद्यार्थी संघको बिभिन्न कमिटी हुँदै उहाँले नेपाली कांग्रेसको बिभिन्न ईकाई तथा संगठनमा बसेर महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको छ । अर्थमन्त्री, वन मन्त्री र कृषि मन्त्री भैसकेका आचार्य हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ । २०७० सालको चुनावमा मोरङ क्षेत्र नं ६ बाट १२ हजार ५ सय ५२ मत ल्याएर उहाँ विजयी हुनु भएको थियो ।
थप उम्मेद्‌वारहरू