उम्मेदवार
माओवादी नेता अमनलाल यादवको जन्म २०४२ सालको असोज ५ गते डंग्राहा ३ मोरङमा भएको हो । उहाँले स्नातक तहसम्म अध्ययन गर्नु भएको छ । सरस्वति मावि दुहबी सुनसरीबाट एसएलसी दिएका मोदीले महेन्द्र मोरङ क्याम्पस, बिराटनगरमा स्नातकसम्म पढ्नु भएको हो । २०५६ सालमा अखिल क्रान्तिकारीको इकाई सदस्य हुँदै राजनीतिमा लागेका मोदी २०५७ सालमा माओवादीको क्षेत्रीय सदस्य हुुन भएको थियो । २०५८ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य बनेका अमनलाल अनेरास्ववियु क्रान्तिकारीको उपाध्यक्ष, अध्यक्ष हुँदै माओवादीको जिल्ला सदस्य बन्नुभयो । २०७० सालको चुनावमा माओवादीको निर्वाचन परिचालन कमिटी संयोजक बनेका मोदी समानुपातिक तर्फबाट सभाषद बन्नु भएको थियो ।
थप उम्मेद्‌वारहरू