उम्मेदवार
नेकपा माओवादी केन्द्रको स्थायी कमिटि सदस्य शिवकुमार मण्डलको जन्म २०३२ साल भदौ १० गते मोरङको गोविन्दुपुर ५ मा भएको हो । रेवनीदेवी र किसनलालका माहिला छोरा मण्डलले ०४८ सालमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति थाल्नुभएको हो । उहाँ २०७४ सालमा आपूर्ति मन्त्री समेत हुनुभयो । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा क्षेत्रीय कमिटी र जिल्ला सदस्य बनेका मण्डल ०५३ सालमा अखिल क्रान्तिकारीमा प्रवेश गरेर ०५४ सालमा जिल्ला सदस्य बन्नुभयो । ०५६ सालमा पार्टीको जिल्ला सदस्य बनेका मण्डल ०५८ सालमा मधेशी राष्टिय मुक्ति मोर्चाको केन्द्रीय सदस्य हुनुभयो । यसैगरी ०५९ मा मोर्चाको कोषाध्यक्ष भएका मण्डल तत्कालीन नेकपा माओवादी सुनसरी, मोरङ संयुक्त जिल्ला जनसरकार प्रमुख बन्नुभयो । २०६० सालमा पार्टीको क्षेत्रीय ब्यूरो सदस्य भएका मण्डल ०६२ सालमा मोरङको पार्टी सेक्रेटरी बन्नुभयो । मण्डल ०६३ सालमा पार्टीको रौतहट ईञ्चार्ज र अन्तरिम व्यवस्थापिका संसदमा सदस्य बन्नुभयो । मण्डलले मधेशी राष्टिय मुक्ति मोर्चाको वरिष्ठ उपाध्यक्ष र रौतहटको गौरमा भएको हत्याकाण्डको पार्टीले बनाएको छानबीन समितिमा बसेर काम गर्नुभयो । २०६४ सालमा मोरङ क्षेत्र नम्वर ४ बाट पराजित मण्डल ०६५ सालमा भएको उपचुनावमा पनि पराजित हुनु परेको थियो । तर २०७० सालको चुनावमा उहाँ यहि क्षेत्रबाट ९ हजार ३ सय ६० मत ल्याएर विजयी हुनु भएको थियो ।
थप उम्मेद्‌वारहरू