उम्मेदवार
नेकपा एमाले पोलिटव्यूरो सदस्य लालबाबु पण्डितको जन्म २०१५ सालको मंसिर १९ गते सर्लाहीमा भएको हो । कक्षा ५ सम्म घरमै अध्ययन गरेका पण्डितले पद्म पब्लिक हाईस्कुल, पाल्पाबाट एसएलसी दिनु भएको हो । उहाँले थापाथली क्याम्पसबाट इन्जिनियरिङ गर्नु भएको छ । नेपाल स्वतन्त्र मजदुर युनियनमा आवद्ध हुँदै उहाँले २०३५ सालबाट राजनीतिक यात्रा थाल्नु भएको हो । २०४६ र २०५६ सालको चुनावमा विजयी पण्डित २०६४ सालको चुनावमा समानुपातिकतर्फबाट सभाषद हुनु भएको थियो । २०५१ सालमा सुकुम्बासी समस्या समाधान आयोग मोरङको अध्यक्ष भएर समेत काम गरेका पण्डित २०७० सालमा सामान्य प्रशासन मन्त्री हुनुभयो । त्यसयता पण्डित आफ्ना काम र शालीन जीवनशैलीका कारण लगातार चर्चाको पात्र बन्नु भएको छ । ग्रिनकार्ड, पीआर लगायत विदेशको स्थायी बसोवास अनुमतिपत्र लिएका कर्मचारीलाई सरकारी सेवामा अयोग्य रहने कानुन ल्याउन उहाँ सफल हुनु भयो । नयाँ गाडी किन्न भनेर अर्थ मन्त्रालयबाट निकासा भएको ८० लाख रुपियाँ फिर्ता गरेपछि उहाँको इमानदार राजनीतिज्ञको कद झनै अग्लियो ।
थप उम्मेद्‌वारहरू