उम्मेदवार

संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईको जन्म २०१४ सालको भदौ १४ गते खोटाङको चिसापानीमा भएको हो । उहाँले समाजशास्त्रमा स्नाताकोत्तर गर्नुभएको छ । खोटाङको चिसापानीबाटै एसएलसी गरेका राईले उच्च शिक्षा महेन्द्र मोरङ क्याम्पसमा पढ्नुभयो ।

राईले तत्कालीन नेकपा मालेबाट राजनीति सुरु गर्नुभएको हो । उहाँ खोटाङबाटै २०४८ र २०५१ सालको चुनावमा विजयी हुनुभयो । २०५१ सालमा यातायात मन्त्री भएका राई २०५३ सालमा संसदीय व्यवस्थामन्त्री र २०६२ सालमा स्वास्थ्य मन्त्री हुनुभयो ।

नेकपा एमालेको उपाध्यक्ष रहनुभएका राईले २०६९ सालको असोज १८ गते नेकपा एमाले परित्याग गर्नुभयो । जनजातिको मुद्दा उठाउन भन्दै उहाँले आफ्नै नेतृत्वमा संघीय समाजवादी पार्टी गठन गर्नुभयो । तर यो पार्टी लामो समय रहेन ।

२०७२ सालको जेठ ३२ गते उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसँग उहाँले पार्टी एकता गर्नुभयो । उपेन्द्र यादव वरिष्ठ नेता र संसदीय दलको नेता बन्नुभयो । संसदमा यो पार्टी पाँचौं ठूलो दल बन्यो ।

थप उम्मेद्‌वारहरू