उम्मेदवार

नेपाली कांग्रेसका नेता सिताराम मेहता २०७० सालको चुनावमा सुनसरी क्षेत्र नं ४ बाट विजयी हुनु भएको थियो । अहिले निर्वाचन क्षेत्र हेरफेर भएसँगै उहाँ सुनसरी २ को उम्मेदवार बन्नु भएको हो । २०७३ सालमा यातायात राज्यमन्त्री भएका महतोको जन्म २०१० सालमा सुनसरीको इनरुवामा भएको हो । १८ वर्षको उमेरमै उहाँ राजनीतिमा लाग्नु भएको हो । इनरुवा जेसिसको संस्थापक समेत रहेका सिताराम २०२८ सालदेखि नेपाल विद्यार्थी संघमा सक्रिय हुनु भएको थियो । २०३१ सालमा नेपाल विद्यार्थी संघ सुनसरीको जिल्ला सभापति भएका सिताराम २०३५ सालदेखि भने नेपाली कांग्रेस सुनसरीको सदस्य बन्नुभयो । २०४९ सालमा भएको स्थानीय चुनावमा उहाँ इनरुवा नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकातर्फवाट विजयी हुनु भएको थियो । तर २०५४ सालमा भएको स्थानीय चुनावमा पार्टीले मेयरको टिकट दिएपनि उहाँ पराजित हुनुभयो । नेपाली कांग्रेस प्रजातान्त्रिकको सुनसरी सभापति बनेका मेहता पार्टी एकीकरणसँगै जिल्ला सहसभापति हुनु भएको थियो । सितारामले एसएलसीसम्मको अध्ययन पूरा गर्नुभएको छ । भगवती मावि इनरुवाबाट उहाँले एसएलसी दिनुभएको हो । हालको बसोबास उहाँको इनरुवा नगरपालिकामा छ ।

थप उम्मेद्‌वारहरू